एमाले केन्द्रीय कमिटी बैठक आजपनि : आज समूहगत छलफलको निष्कर्ष सुनाइने

काठमाडौं ! हिजोबाट सुरु भएको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ ।

उक्त बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ ।

हिजोको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको थियो । यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *