काठमाडौ! नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न ९ वटा समूह बनाइएको छ ।
सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरू भएको छ ।
अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवदेनमाथि पनि छलफल हुनेछ ।