एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं ! नेकपा(एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजेबाट बैठक सुरु भएको हो। बैठक आज र भोलि चल्नेछ। हिजो बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ ।

त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । साथै मनोनित केन्द्रीय सदस्यहरुले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ । दुई दिनको केन्द्रिय कमिटी बैठक लगत्तै पर्सि आइतबार निर्वाचन परिचालन कमिटीको बैठक पनि बस्दैछ। अध्यक्ष ओली नै संयोजक रहनुभएको उक्त कमिटीले निर्वाचन सम्बन्धि विशेष निर्देशन पारित गर्दै एमाले आगामी निर्वाचनमा होमिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *