एमाले अध्यक्ष ओलीसँग विभिन्न देशका राजदूतहरू द्वारा भेट

काठमाडौं ! नेपालका लागि अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड र अस्ट्रेलियाका राजदूतले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।अमेरिकी राजदूत र्‍यान्डी बेरीसहितका राजदूतहरूले बुधवार बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा नेपालको शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा कुराकानी भएको जनाइएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले सरकारले विधेयक ल्याउन लागेपछि राजदूतहरूले सक्रियता देखाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *