वृजेश गुप्तासहित चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने एमालेको निर्णय

काठमाडौं ! नेकपा एमालेले चार जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छोडेर एमाले प्रवेश गरेका नेताहरूलाई मनोनित गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दुई नेता केन्द्रीय सदस्यमा  मनोनीत भएका छन् । माओवादी  छोडेर केही महिनाअघि एमाले प्रवेश गरेका धर्मदत्त देवकोटा र जीवन गौतम केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

त्यसैगरी, हृयदेश त्रिपाठीको साथ छोडेर एमाले प्रवेश गरेका कपिलवस्तुका वृजेश गुप्तालाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । त्यसैगरी, झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आजको बैठकले गरेका निर्णय १० र ११ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *