एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं ! नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। अहिले विहान ११ बजे बैठक सुरु हुने जनाइएको छ । आजको बैठकले उम्मेद्वारका छनौटका मापदण्डमा सामान्य छलफल गर्ने,पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । पोलिटव्यूरो र केन्द्रीय कमिटीमा भने स्थानीय तह निर्वाचनको समिक्षा र आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी दिइने पनि एमाले स्रोतले जनाएको छ ।

एमालेको पोलिटव्युरो बैठक यहि भदौ ९ गते बस्दैछ भने केन्द्रिय कमिटी बैठक १० र ११ गते बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *