कार्यव्यवस्था परामर्श समितिमा एमालेको भन्यो : नागरिकता विधेयकमा छलफल गर्न सर्वदलीय बैठक जरुरी

काठमाडौं ! नेकपा (एमाले)ले नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न सर्वदलीय बैठक आह्वानको माग गरेको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुपर्ने माग गर्नुभएको छ ।

बैठकमा एमालेबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ सहभागी हुनुहुन्थ्यो । “छलफलका लागि सर्वदलीय बैठक बोलाउनुपर्छ भनेको छु,” बैठकपछि एमाले सांसदले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नका लागि फिर्ता पठाइएको उक्त विधेयक सत्ता गठबन्धनले जबर्जस्ति आजको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने तयारी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *