एमाले सचिवालय बैठक : ४ जनालाई गरियो केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । उहाँ नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *