एमालेले बनायो अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको प्रवक्ता एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभयो।

उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिव रहनेछ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुहुनेछ जसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्बुभएको छ।

सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी र ९ भदौमा पोलिटब्यूरो ,१० र ११ गते केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *