विधान महाधिवेशन बारे जानकारी गराउन भोलि एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा (एमाले)ले यही १५ असोजदेखि हुने विधान महाधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
भोलि (बिहीबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अल्फा हाउसमा महाधिवेशनबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको महाधिवेशन प्रचार समितिका संयोजक खिमलाल भट्टराईले सभ्य खबरलाई बताउनु भयो ।

नेकपा एमालेले विधान महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको बताएको छ।यसका लागि देशभरिबाट प्रतिनिधिहरु काठमाडौ आउने क्रम सुरु भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *