अल्मलिएर एमालेबाट टाढा भएकाहरुलाई भित्र्याउने अभियान छ,सबैजना लाग्नुस : सचिव भट्ट

कैलाली ! पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखराज भट्टले अहिले पार्टीको नीति भाँडो खाली गर्ने रहेको बताउनु भएको छ । कैलालीको अत्तरियामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टले अन्य पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने अभियान चलाइएको स्थानीय नेता कार्यकर्तालाई जानकारी दिनुभयो ।

‘तपाईंहरुले सुन्नु भएको होला, पार्टी केन्द्रले भाँडो खाली गर्ने भनेको छ । त्यो भनेको समाजवादी र माओवादीबाट आउन चाहनेलाई पार्टीमा भित्र्याउने भनेको हो,’ भट्टले भन्नुभयो,’ अब त्यसो हुँदा अन्य पार्टीका आउँदा आफ्नो भाग खोसिन्छ कि भन्ने नठान्नु होला। सबै तिर बाट पार्टी प्रवेशको लहर चलेको छ । यहाँ पनि पार्टी प्रवेश गराउने कार्यलाई तीव्र पार्नुस ।’

एमाले सुदुरपश्चिमका इन्चार्ज समेत रहनु भएका भट्टले पार्टी भित्रको आन्तरिक कलहका कारणले नै स्थानीय चुनावमा पार्टी केही ठाउँमा हारेको उल्लेख गर्नुभयो । उहाँले पार्टीमा गलत भूमिका खेल्नेले पहिले आफैं सच्चिनु पर्ने बताउनु भयो।

उहाँले भन्नुभयो- ‘३ सय ६४ दिन एमाले हुने अनी भोट हाल्ने एक दिन अर्कै पार्टीलाई भोट हाल्ने कसरी एमाले हुन सक्छन? अनि तिनिहरु कसरी कम्युनिष्ट हुन सक्छन? त्यसो भएर ती पात्रहरु सच्चिन जरुरी छ।’

सचिव भट्टले पार्टीमा बैचारिक प्रशिक्षण नहुँदा कार्यकर्ताहरु धार बिनाको हतियार जस्तो भएको बताउनु भयो । सचिव भट्टले भन्नुभयो – ‘एमाले नेकपा कै निरन्तरता हो, अब यहाँ कोही माओवादी वा १० बुँदे कोही माले भनिरहनु पर्दैन । तल्लो कमिटीसम्म प्रशिक्षण दिन जरुरी छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *