एमालेको निर्वाचन विभागद्वारा बार्षिक कार्ययोजना पारित

काठमाडौं । नेकपा (एमाले) निर्वाचन विभागको हिजो मंगलबार बसेको चौथो बैठकले विभागको बार्षिक कार्ययोजना पारित गरेको छ ।
पार्टीका उपमहासचिव तथा विभागका प्रमुख बिष्णु रिमालको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनको मत विश्लेषणका आधारमा आगामी निर्वाचनका लागि पार्टीलाई रणनीतिक सुझाव दिने निर्णय गरेको छ ।
विभागले निर्वाचनमा धाँधलीका विभिन्न रूपका बारेमा चेकलिष्ट तयार गरेको छ ।
बैठकमा निर्वाचन सम्बन्धी विभिन्न कानुनहरू एकीकरण गरेर बनाइएको विधेयकका बारेमा पनि छलफल भएको निर्वाचन  विभाग प्रमुख रिमालले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *