‘बलात्कार आरोपी कृष्ण गिरीलाई गुरु मानेर हिँड्ने सरकारका मन्त्री कस्ता ?’ : डा. तुम्बाहाम्फे

काठमाडाैँ । सांसद डा शिवमाया तुम्बाहाम्फेले आफ्ना अनुयायीलाई बलात्कारको आरोप लागेका कृष्ण गिरीले पशुपति क्षेत्रमा सञ्चालन गरेको धार्मिक कार्यक्रममा सरकारका उच्चपदस्थ व्यक्तिको सहभागिता देखिएको भन्दै यसबाट पीडित पक्ष झन् प्रताडित भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बाेल्दै उहाँले भन्नुभयाे, “बलात्कार आरोपीलाई गुरु मानेर हिँड्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताको कामप्रति एमालेको आपत्ति छ, यसले पीडितलाई झन् पीडा थपेको छ ।”

यस्तै, सांसद जिपछिरिङ लामाले केही दिनदेखिको वर्षाले गर्दा धेरै सडक क्षतिग्रस्त भएको र विभिन्न ठाउँमा बस्ती विस्थापित हुने अवस्था रहेको भए पनि अहिलेसम्म क्षतिग्रस्त सडकको पुनःनिर्माण र असुरक्षित बस्तीको व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ हामी बोल्ने तर सरकार नसुन्ने हुनु हुँदैन ।” सांसद गजेन्द्रबहादुर महतले केही समय पहिले सिसिटिभी फुटेज तथा एम अधिकारीका बारेमा सदनमा आवाज उठेको र सिसिटिभी फुजेट खोज्न समिति बने पनि एम अधिकारी खोजी नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *