एमाले कैलालीले धनगढीमा आयोजना गर्‍यो अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

काठमाडौं ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
आज बुधबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
एमालेले आगामी दिनमा खेल्नुपर्ने भूमिका, अब हुने निर्वाचन लगायतकाबारेमा प्रशिक्षण दिइएको हो ।

कैलाली जिल्ला कमिटीले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो। त्यसैगरी एमाले सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट,स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा,पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना,पोलिटव्युरो सदस्य एवं सुप सह-इन्चार्ज लिला भण्डारी,राजेन्द्र रावल,कमला ओली,गौरीशंकर चौधरी,केन्द्रिय सदस्य सन्तोष शर्मा,प्रदेश अध्यक्ष दामोदर भण्डारी,प्रदेश पदाधिकारीहरु,कैलाली जिल्ला का.वा. अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे लगायतका शिर्ष नेताहरुले प्रशिक्षण प्रदान गर्दै हुनुहुन्छ। उक्त प्रशिक्षण कार्यक्रम धनगढी स्थित शुभश्री पार्टी प्यालेसमा आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *