नेकपा एमालेको विधान महाधिवेशनमा करिब ५ हजार जना सहभागी हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा करिव ५ हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको उद्घाटन १५ असोजमा ललितपुर, गोदाबरीको सनराइज हलमा हुनेछ ।

महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदालाई केन्द्रीय कमिटी बैठकले आइतबार पास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *