महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा आज सुर्खेतमा एमालेको प्रशिक्षण कार्यक्रम हुँदै

काठमाडौं ! नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतको आयोजनामा आज सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुँदैछ । कार्यक्रमको प्रमुख अतिथी एवं उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ता एमाले महासचिव शंकर पोखरेल हुनुहुन्छ। महासचिव पोखरेल सुर्खेत पुगिसक्नु भएको जनाइएको छ ।

उक्त कार्यक्रममा एमाले कर्णाली इन्चार्ज यमलाल कंडेल,केन्द्रिय सदस्यहरु लगायतका नेताहरुले बोल्ने कार्यक्रम रहेको जनाइएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नजिकिंदै जांदा एमालेले देशभर प्रशिक्षणको कार्यक्रमलाई तीव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *