आफ्नो फोटो ट्रोल बनाउनेहरुलाई एमाले उपमहासचिव ज्ञावालीको जवाफ : त्यस्तो गर्दा तपाइँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूले महंगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकामा आज त्यस विरुद्ध जवाफ दिनुभएको छ ।

संसदको बिहीबारको बैठकमा बोल्दै उहाँले आफूले सार्वजनिक कार्यक्रममा महंगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएमा आपत्ती जनाउनु भयो ।

गत साउन २ मा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उहाँले मूल्यवृद्धि अचाक्ली बढेको औंल्याउँदै आफू पूर्वमन्त्री भए पनि घरमा दुईथरि तरकारी पकाएर खान सक्ने अवस्था नभएको बताउनु भएको थियो ।

उहाँले आज संसदमा भन्नुभयो, ‘सत्तारुढ दलका कतिपय नेता कार्यकर्ता मूल्य बढ्नु समस्या हो भन्ने स्वीकार गर्नुभन्दा फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ ट्रोल बनाउनेतिर लाग्छन्,’ उनले भने, ‘अस्ति मैले यही विषय उठाएको थिए, साथीहरुले मैले अमेरिकामा खाना खाइरकेको फोटो छापेर दुईथरी तरकारीको कुरा गर्नुभयो । त्यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *