देशमा व्याप्त महँगीविरुद्धमा एमालेले जनप्रदर्शन गर्दै

काठमाडौं । नेकपा एमालेले साउन १६ गते महँगीविरुद्धमा जनप्रदर्शन गर्ने भएको छ ।

एमालेका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा महँगीविरुद्ध प्रदर्शन गर्नका लागि जनप्रदर्शन तयारी कमिटी समेत बनाएको छ ।

पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार वसन्तपुरबाट शुरू हुने उक्त जनप्रदर्शन ¥यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू तथा जनसहभागिता गराउने बताइएको छ । साथै उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *