आगामी निर्वाचनमा एमालेले स्थानीय आवश्यकतानुसार मात्र तालमेल गर्नसक्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं ! नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले स्थानीय आवस्यकता अनुरुप तालमेल गर्ने बताउनु भएको छ।
प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले थप्नुभयो, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ।’
आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *