सत्ता गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्यायो : महासचिव पोखरेल

काठमाडौँ ! नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको बताउनु भएको छ।

आज आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारद्वारा सम्भव नभएको जिकीर गर्नुभयो।

महासचिव पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको दोहोर्‍याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताउनु भयो।
उहाँले भन्नुभयो, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ। यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ।’

महासचिव पोखरेल एमाले गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा हिजो पोखरा जानू भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *