खोटाङबासीमा सांसद विशाल भट्टराईको क्रेज : काठमाडौंको एक कार्यक्रममा दर्जनौं युवाहरु पार्टी प्रवेस

काठमाडौं ! खोटाङमा जिल्लाबाट काठमाडौमा विभिन्न पेशा व्यवसाय ,अध्ययन,अध्यापन,राजनीति लगायत विभिन्न अरु विधाहरुमा जोडिएर रहदै आएका नेकपा (एमाले) समर्थक नेता कार्यकर्ताको भेला आज काठमाडौंमा सम्पन्न भएको छ।                 

उक्त कार्यक्रममा नेकपा(एमाले)लाई माया गर्ने खोटाङ जिल्लाका उल्लेख्य व्यक्तिहरुको सहभागिता रहेको थियो।

उक्त भेलामा प्रमुख अतिथिका रुपमा पार्टिका प्रमुख सचेतक एवं खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विशाल भट्टराई रहनुभएको थियो।उक्त अवसरमा खोटाङ जिल्ला घर भै हाल काठमाडौंमा बसोबास गर्दै आएका केही व्यक्तिहरुलाई उहाँले पार्टी प्रवेस गराउनु भएको छ।

केही हप्ता अघिमात्र जिल्लामा पनि उल्लेख्य मात्रामा पार्टी प्रवेस गराएर काठमाडौं फर्किनु भएका सांसद भट्टराईले काठमाडौंमै रहदापनी आफ्ना जिल्लावासी जो कोहिलाई एमालेप्रती आकर्षित गराउनुले जिल्लामा उहाँको लोकप्रियता र इमान्दारिता स्पस्ट झल्काएको छ।                                                                         

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *