एमालेले भन्यो-अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम‍‍.अधिकारी गभर्नर हैनन

काठमाडौँ ! नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम‍‍. अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेेको छ । एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गर्नुभएको थियो ।

एम. अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै गभर्नर अधिकारीले बुधबार एमालेलाई पत्र पठाउनु भएको थियो । त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *