शुक्रबार संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई एमालेको ह्वीप

काठमाडौँ । नेकपा (एमाले)ले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

शुक्रबार उपसभामुख पदमा निर्वाचन हुँदैछ । जसका लागि एमालेले आफ्ना सांसदहरुलाई अनिवार्य सहभागीता जनाउन एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आग्रह गरिएको बताए ।

उनले उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *