एमालेका १० भाइले परिचित मध्ये ४ भाइले पाए विभागीय प्रमुखको जिम्मेवारी

काठमाडौँ — नेकपा एमालेमा ‘१० भाइ’ले परिचित १० जान नेतामध्ये चार जनाले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन अपानि –४० मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।

भुसालले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने विष्टले ऊर्जा जलश्रोत तथा सिँचाइ, आचार्यले पर्यटन तथा नागरिक उड्डयन र भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *