अध्ययनका लागि गेटा मेडिकल कलेज आएका संघिय समितिलाई एमालेले सार्वजनिक गर्‍यो ५ बुँदे ध्यानाकर्षण(पत्रसहित)

धनगढी ! गेटा मेडिकल कलेजको अवस्थाबारे अध्ययन तथा अनुगमन गर्न सुदूरपश्चिम आइरहेको संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण पत्रसहित प्रेस विज्ञप्ति जारी गरेको छ। कमिटीका सचिव धर्मराज पाठकद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई एमालेले विगतमा लिएको नीति तथा अडानहरु यथावत रहेकाले सोही अनुरुप गेटा मेडिकल कलेजको संचालनमा ध्यान जाओस् भनि आफ्ना धारणाहरु लिखित रुपमै सार्वजनिक गरेको छ।

उक्त सार्वजनिक पत्रमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास तथा स्वास्थ्य क्षेत्रको लागि आवस्यक जनशक्ति विकासका सन्दर्भमा देशका अन्य प्रदेशहरु भन्दा धेरै पछाडि परेको अवस्था र अन्य प्रदेशमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु स्थापना भै सेवा प्रदान गरिरहँदा सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि कुनै महत्त्वपूर्ण स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने निकाय गुणस्तरीय स्वास्थ्य सेवा प्रदायक संस्था नहुनु दु:खद हो भनि उल्लेख गरिएको छ। साथै हालै नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा आ.व.०७९/०८० मा गेटा मेडिकल कलेजलाई संचालन गर्ने कुनै ठोस सम्बोधन नभएकोमा उक्त कुराको गम्भीर ध्यानाकर्षण भएको र कमिटीले यस्तो संबेदनसिल बिसयमा सरकार उदासिन भएकोमा खेद प्रकट गरेको कुरा उल्लेख छ।

विज्ञप्तीमा स्वास्थ्य समस्याले प्रदेशका जनता भारतसम्म पुग्नु पर्ने र प्रदेशको यस्तो विकराल समस्यालाई सरकारले बेवास्ता गरेको कुराहरु उल्लेख छ।उक्त सन्दर्भमा प्रदेश कमिटीले आफ्नो पाँच बुँदे धारणा सार्वजनिक गर्दै अनुगमन तथा अध्ययनमा आइरहेको समितीलाई ध्यानाकर्षण गराएको छ। संघिय संसदको शिक्षा तथा स्वास्थ्य समिति आज असार २६ गते उक्त स्थानमा पुगेको छ। उक्त समितीमा संघिय संसदका माननीयहरु योगेश भट्टराइ , नबिना लामा, चित्रलेखा यादब , डा. दिपक भट्ट , अन्जना विशंखे हुनुहुन्छ। उक्त सन्दर्भमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सार्वजनिक गरेको धारणा यस्तो छ:-                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *