राप्रपा परित्याग गरि नेपालगन्जबाट दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेस : नेता शंकर पोखरेलले गर्नुभयो स्वागत

काठमाडौं ! राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं.३ का अध्यक्ष राजकुमार योगी नेकपा (एमाले) प्रवेश गर्नु का साथै अध्यक्ष योगीको नेतृत्वमा सचिव सरोज थापा सहित तीन सय बढि नेता कार्यकर्ता आज नेकपा (एमाले) प्रवेश गरेका छन् ।                                राजकुमार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझा क्षेत्रमा लोकप्रिय युवा नेता हुन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राजकुमार सहित २० नं. वडाका अधिकांश राप्रपाका नेता कार्यकर्ता एमाले पार्टी प्रवेश गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष एवम् नेकपा एमालेका नेता कृष्ण कार्कीले बताउनुभयो ।एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा मुलुकलाई अग्रगमन र प्रगतिको बाटोमा अघि बढाउँदै गर्दा राम्रो काम गरेकै कारण परमादेश जारी गर्न लगाई जिम्मेवारीबाट हटाईएको उहाँको आरोप छ । पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका शंकर पोखरेलले जनता एमालेको पक्षमा भएका कारण अन्य सबै दल डराएर गठबन्धनका नाममा एकठाउँमा हुन पुगेको बताउनु भयो। नेता पोखरेलले नै उहाँहरुलाई पार्टिमा प्रवेस एवं स्वागत गर्नुभएको थियो।                                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *