पाँचदलीय गठबन्धनका कारण देश समस्यामा : सचिव भट्ट

बझाङ । नेकपा (एमाले) का सचिव लेखराज भट्टले अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिसँग साँठगाँठ गरेर करका दरहरू हेरफेर गर्नु राज्यविरुद्धको अपराध भएको र एमालेले त्यसको विरोध सुरु गरेपछि राजीनामा दिन बाध्य भएको वताउनुभएको छ ।
नेकपा –एमाले) बझाङको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सचिव भट्टले अर्थमन्त्रीकै कारण देश सङ्कटमा गुज्रिरहेको वताउनुभयो ।
गठबन्धनका कारण देश अझै समस्यामा परेको भन्दै तत्काल यसको विकल्प आवश्यक रहेको उहाँको भनाई थियो ।
अहिले मानिसहरूमा एमालेप्रतिको आकर्षण बढिरहेको वताउँदै सचिव भट्टले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र अन्य केही नेताको कार्यशैलीका कारण कार्यकर्ता निराश रहेका र उनीहरू एमालेमा आउन चाहिरहेकाले आफूहरू पनि पार्टीमा भित्र्याउने काममा लागिपरेको स्पष्ट गर्नुभयो ।
परिवर्तनका लागि बझाङका गरिब जनताका छोराहरूले शहादत प्राप्त गरेको र उनीहरूलाई माओवादीले सम्झन पनि छाडेको तर प्रचण्डले आफ्ना छोराको सालिक अनावरण गर्न थालेको भट्टको भनाई थियो ।
कार्यक्रममा पार्टीको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटी सदस्य डा. विजय सुब्बाले गठबन्धन सरकार असफल भएको वताउनुभयो ।
केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज भैरव बहादुर सिंह, केन्द्रीय सदस्य तथा बझाङ सह इन्चार्ज ऐन महर, केन्द्रीय सदस्य अफिलाल ओखेडा, कुमारी विकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *