महासचिव पोखरेलको प्रमुख आतिथ्यतामा आज कैलाली एमालेको अगुवा कार्यकर्ता भेला हुँदै

धनगढी ! नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले आज बुधवार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आज ११ बजेबाट धनगढीमा चटकपुर स्थित सौराइ ब्यान्कट एण्ड इभेन्टमा अगुवा कार्यकर्ता भेला हुने एमाले कैलाली जिल्ला सचिव डेजि पाण्डेले जनाउनु भएको हो।

उक्त कार्यक्रमका लागि महासचिव पोखरेल हिजै धनगढी आइसक्नु भएको छ। हिजो उहाँले कंचनपुर स्थित पार्टी कार्यालयमा जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो। आज धनगढीमा आयोजित कैलाली जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन पछि महासचिव पोखरेल अपरान्हतिर काठमाडौं फर्किनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *