एमालेको २७ केन्द्रीय विभाग गठन

काठमाडौं । नेकपा (एमाले) का २७ वटा केन्द्रीय विभाग गठन गरिएको छ ।
ती  विभागमा प्रमुख, उपप्रमुख तोकिनुका साथै १४ विभागका सचिव मनोनयन भएका छन् । ३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन भइसकेका छन् भने आवश्यकतानुसार विधान बमोजिम सदस्य मनोनयन गरी विभागलाई पूर्ण बनाउने गरिएको छ ।
पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूलाई विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी दिइएको थियो भने २०७९ असार १९ गते बसेको सचिवालय बैठकले १४  सचिव चयन गरेको हो ।
सचिवालयको बैठकले गरेको निर्णय अनुसार चयन हुनुभएका विभागीय सचिवहरु यसप्रकार हुनुहुन्छः

वित्त तथा कोष व्यवस्थापन विभाग– डा. भीष्म अधिकारी
संगठन विभाग– सम्झना देवकोटा

प्रचार तथा प्रकाशन विभाग– गगन विष्ट
स्थानीय तह विभाग– हर्कराज राई
संघीय मामिला तथा प्रशासन विभाग– शिव गुरूङ
अर्थ तथा योजना विभाग– योगेन्द्र शाही
सामाजिक सेवा विभाग– डा.नेत्र तिम्सिना
परराष्ट्र मामला विभाग– अञ्जान शाक्य
संसदीय विभाग– डा.सूर्य पाठक
उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग– मोहिनी खनाल
उर्जा, जलस्रोत तथा सिँचाई विभाग– पुष्पज्योती ढुंगाना
श्रम तथा रोजगार विभाग– जनक चौधरी
कानून विभाग– डिल्लीराम मैनाली
सँस्कृति विभाग– राजेश थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *