महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भोलि धनगढीमा एमाले अगुवा कार्यकर्ता भेला हुँदै

धनगढी ! नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले भोलि बुधवार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भोलि ११ बजेबाट धनगढीमा अगुवा कार्यकर्ता भेला हुने एमाले कैलाली जिल्ला सचिव डेजि पाण्डेले जनाउनु भएको हो। उहाँले फेसबुक स्टाटस मार्फत पार्टीका नेता कार्यकर्तालाई कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभएको छ। महासचिव पोखरेल भोलीको उक्त कार्यक्रमको लागि आजै धनगढी आइसक्नु भएको छ। उहाँले फेसबुकमा लेख्नुभएको स्टाटस यस्तो छ:-

२०७९ असार २२ गते बिहान ११.बजे हाम्रो पार्टी नेकपा एमाले जिल्ला कमिटी कैलालीको आयोजनामा पार्टी महासचिव कमरेड शंकर पोखरेलको प्रमुख आतिथ्यतामा “सौराई ब्यान्कट एन्ड इभेन्ट ” चटकपुरमा हुने अगुवा कार्यकर्ता भेलामा सहभागी हुन जिल्लामा रहेका सम्पुर्ण केन्द्रिय कमिटी, प्रदेश कमिटी,जनबर्गीय संगठनका केन्द्रिय कमिटी,पालिका कमिटी पदाधिकारी र जननिर्वाचित सदस्यहरुलाई अनिवार्य उपस्तिथिका लागि हार्दिक आमन्त्रण गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *