गठबन्धन सरकारले देशमा चरम संकट पैदा गर्‍यो : महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाउनु भएको छ ।
मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाउनु भएको हो ।

एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको बताउनु भयो । ‘हामी सरकारमा रहँदा मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटामा पुगेको छ । गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको छ,’ महासचिव पोखरेलले भनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *