स्थानीय तह निर्वाचनमा अन्तरघातीलाई कारबाही गर्दै एमाले,उपाध्यक्ष पौडेलको नेतृत्वमा बन्यो छानबिन समिती

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा अनुशासनहीनता र अराजकताले पार्टी हारेको निष्कर्ष निकालेको छ । आइतबार बसेको सचिवालय बैठकले अन्तर्घातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकाल्दै अन्तघार्त गर्नेलाई कारबाही गर्ने भएको हो ।

बैठकले अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचारविभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

गरुङले भने‘आन्तरिक समस्याहरू थिए, पार्टीभित्र जुन खालका अराजकता र अनुशासनहीनता देखिए त्यसले परिणामलाई हाम्रो अनुकूल हुन दिएन । आगामी दिनमा यो अनुशासनहीनता र अराजकताको अन्त्य गरेर चुस्त दुरुस्त निर्वाचनमा जाने निर्णय गरेको छ ।’

उनकाअनुसार समितिले छानबिन गरेर कारबाही गर्ने छ । समितिमा केन्द्रीय निर्वाचन विभाग र संगठन विभागका प्रमुखहरू रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *