राहदानी विभागको ढिलासुस्ती विरुद्ध सडकमा उत्रियो राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं ! एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवासंघ नेपालले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रदर्शन गरेको छ।
सरकारले राहदानी (पासपोर्ट) वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको जनगुनासो बढेपछि विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले ‘कि रोजगार दे कि पासपोर्ट’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले सरकारी सेवा प्रवाहमा ढिलासुस्ती भएको र लापरबाही भएकोमा विरोध गरिएको बताए।
राष्ट्रिय युवा संघले सरकार र संबंधित निकायहरुको लापरबाही विरुद्ध सशक्त आवाजहरु उठाइरहेको छ,सोही अनुरुप आज राहदानी विभागमा घेराउ गरेको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *