एमाले सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताएका छन् । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *