एमाले केन्द्रीय कार्यालयको बैठकद्रारा भोलीको सचिवालय बैठकको एजेन्डा तय

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक शनिबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बस्यो ।
बैठकले पार्टीको सचिवालय बैठकका लागि एजेण्डा तयार गरेको छ । सचिवालय बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।
बैठकमा महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ र कार्यालय सचिव तथा केन्द्रीय सदस्य डा. भीष्म अधिकारीको उपस्थिति रहेको थियो ।
पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ र सचिव पद्मा अर्याल उपत्यका बाहिर रहेका कारण अनुपस्थित रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *