आइतबार एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक आइतबार बिहान ११ बजे बोलाइएको हो।

आइतबारको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ। एमालेले अब यहि बैठक मार्फत आफ्ना मातहतका कमिटीलाई आगामी निर्वाचनमा परिचालन गर्ने खाका कोर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *