नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको भेला भोलि : अध्यक्ष ओली प्रमुख अतिथि रहनुहुने

काठमाडौं ! नेकपा(एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा भोली असोज ७ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा बृहत कार्यकर्ता भेला हुने भएको छ।

भेलाको प्रमुख अतिथिमा पार्टिका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली रहनुहुने भएको छ,साथै विशेष अतिथिमा महासचिव ईश्वर पोखरेल,अर्का विशेष अतिथिमा स्थायी कमिटी सदस्य राम बहादुर थापा(बादल) रहनुहुने भएको छ।

उक्त भेलामा केन्द्रिय कमिटिका नेताहरु र उपत्यका विशेष कमिटी मातहतका नेता कार्यकर्ताको बाक्लो उपस्तिथि रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *