एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदबाट हटाइयो, कार्यबाहक जिम्मेवारी दुर्गा जोशीलाई

कैलाली – नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदबाट हटाइएको  छ ।प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *