प्रचण्डलाई अर्को धक्का : माओवादीका संविधानसभा सदस्य घिसिङ एमालेमा प्रवेश

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य दिलबहादुर घिसिङ (फूर्वा) लगाएतका कार्यकर्ताहरु सहित एमाले प्रवेश गरेका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेर घिसिङ एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेका अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका थिए । घिसिङसँगै माओवादी मकवानपुरका नेताहरु बरिना तामाङ, राजेश गहतराज लगायले एमाले प्रवेश गरेका छन् । घिसिङ ०६४ सालको संविधानसभामा माओवादीका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमाले र माओवादीबीच पार्टी एकता भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही नेताहरुलाई लिएर पार्टीबाट अलग भए पनि माओवादीको ठूलो हिस्सा दाहालसँग फिर्ता नगएको र एकीकृत पार्टीमै रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *