सरकारले निजामती कर्मचारीमाथि गरेको धरपकड प्रति एमालेको गम्भीर आपत्ति

काठमाडौं ! निजामती कर्मचारी संगठनका पदाधिकारीलाई आज प्रशासनले गरेको धरपकड प्रति नेकपा एमालेले सरकारको गम्भीर ध्यानाकर्षण सहित प्रेस बिज्ञप्ती जारी गरेको छ।

आज केही व्यक्तिले बबरमहलस्थित संगठनको कार्यालयमा आइ संगठनको अफिसमा तोडफोड गरेपछी निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यले उनिहरुको प्रतिकार गरेका थिए।आफ्नो कार्यालयमा आइ यस किसिमको हर्कत गर्नेलाई राज्यले कारबाही गर्नुको साटो उल्टै आफ्नै संगठनका सदस्यहरुलाई धरपकड गरि लगिएकोमा संगठनका पदाधिकारीहरु प्रशासन प्रति आक्रोशित बन्दै आफ्ना पदाधिकारी सहित सदस्यहरुलाई तुरुन्त रिहा गर्न चेतावनी दिएका छन।

यसै अनुरुप नेकपा एमालेले पनि आज प्रेस बिज्ञप्ती जारी गर्दै राज्यको ध्यानाकर्षण गराएको जनाएको छ।एमालेका कार्यालय सचिव शेर बहादुर तामाङद्रारा हस्ताक्षरित उक्त पत्र अहिले राती १०:३० बजेतिर सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *