पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवासंघले भोलि विरोध प्रदर्शन गर्दै

काठमाडौं ! एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालले भोलि काठमाडौंमा सरकारका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ।

सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबाट जनताको दैनिकीमा परेको असर र महङ्गी आकासिँदा समेत सरकारले उक्त गम्भीर विसयमा कुनै ध्यान नदिएकोले युवा संघले विरोध प्रदर्शन गर्न लागेको हो।

राष्ट्रिय युवा संघले जनाए अनुसार भोलि साँझ ५:३० बजे नयाँ बानेश्वरबाट मसाल जुलुस सहित विरोध प्रदर्शन हुने जनाएको छ। मसाल जुलुसका साथै सरोकारवाला हरुको कार्यालय घेराउ र सरकारी गाडीहरुलाई अवरोध गर्ने जनाइएको छ।

पेट्रोलियम पदार्थको अचाक्ली वृद्धिले आम नागरिक सरकारसँग आक्रोशित बनेका छन् भने सरकारले जनताको पीरमर्कालाई सम्बोधन गर्ने कुनै छांटकांट छैन ।                                               

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *