मूल्यवृद्धिको विरोधमा धनगढीमा एमाले भ्रातृसंगठनद्रारा सरकारी गाडी चलाउन रोक

धनगढी: पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य बस्तु मंहगिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वयूले कैलालीको धनगढीमा विरोध प्रदर्शन गरिरहेको छ। कार्यकर्ताहरुले आज धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन्।

युवाहरूले सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई रोकेर चाबी खोसिदिएका छन्। धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गरी ५ ओटा गाडि र ३५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए। नियन्त्रणमा लिइएका सवारीसाधन ५ बजेपछि मात्र छाडिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *