धनगढी ! पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध एमालेको भ्रातृसंगठनहरु रास्ट्रीय युवा संघ नेपाल र अनेरास्ववियु धनगढी उपमहानगरपालिकाले विरोध प्रदर्शन गरेको छ।
आज साझ राँके जुलुस सहित भ्रातृसंगठनका नेता कार्यकर्ताले धनगढीमा सरकारको विरोध गरेका हुन् । उनीहरुले सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सरकार विरुद्ध नारासहित प्रदर्शन गरेका हुन् । जनताको ढाड सेकिने गरि गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन सरकारसँग उनीहरुको माग छ।
सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७-२७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ ।