जनताले सरकार खोजेको खोज्यै छन् ,तर सरकार कहिँ भेटिंदैन : सांसद राना

काठमाडौं : पुर्वमन्त्री एवं कैलाली-५ का सांसद नारदमुनी रानाले प्रधानमन्त्रीलाई संसदले खोजिरहेको बताउनु भएको छ। संसदको शून्य समयमा बोल्दै सांसद रानाले संसदमा प्रधानमन्त्री खोइ भनेर खोजी हुँदा उहाँ नभेटिएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘रोपाइ सुरु भयो किसानले मल पाएका छैनन्। सरकार खोइ भनेर जनता खोजिरहेका छन्। सरकार कहाँ छ भन्दा महंगी बढाउने काममा भेटिन्छ।’
उहाँले थप्नुभयो,‘सरकार शिलन्यास गरेर उद्घाटन समारोहमा भेटिन्छ कहिलेकाहिँ दिक्षान्त समारोहमा भेटिन्छ। हामी संसदमा प्रधानमन्त्री खोइ भनेर खोज्यो भने सदनमा प्रधानमन्त्री भेटिदैनन्। यो सरकार जनताप्रति जवाफदेहि छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *