एमालेको स्थायी कमिटी बैठक आजपनि बस्दै

काठमाडौं ! नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र आज दिउँसो १ बजेको बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए।

आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिएका थिए।   यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ। एमालेको केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ।  प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने तय गरिएको छ। एमालेले राष्ट्रिय महाधिवेशन पूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिका स्तरका अधिवेशनको कार्यतालिका बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *