अर्थमन्त्री शर्मा विवाद : एमालेले संसद्‍मा माग्यो १४ गते रातिको सीसीटीभी फुटेज

काठमाडौं ! नेकपा एमालेले संसद्‍मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरेको छ। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै सो रातको वास्तविकता दिने सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन् ।

यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गरेका थिए । बजेट तयारीको सन्दर्भमा मध्यरात गैर–व्यक्ति बोलाएर बजेट तलमाथि गरिएको भन्ने आरोप निराधार र कपोलकल्पित बाहेक केही नभएको उनको दाबी छ ।

तर अर्थमन्त्रीको यो तर्क एमालेले नसुन्ने र विभिन्न रास्ट्रीय मिडियामा आएको विसयलाई गम्भिरताका साथ लिइनुपर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *