एमालेले आफ्ना जनप्रतिनिधिलाई असार २ र ३ गते काठमाडौंमा प्रशिक्षण दिने

काठमाडौं ! नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबार सम्पन्न सचिवालय बैठकले उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाका तयार पारेको हो । एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने दुई दिने प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा समृद्धिका आधारशिला कसरी तलैबाट तयार गर्ने, समाजवादको आधार कसरी तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान गर्ने भन्नेबारे प्रशिक्षण दिन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *