एमाले सचिवालय बैठक : तत्काल कुनै बाम गठबन्धनको औचित्य छैन,स्थानीय निर्वाचनमा एमाले लोकप्रिय पार्टी

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष निकालेको छ । सरकारले नै निर्वाचनको स्वच्छता, पवित्रतालाई दूषित बनाउने काम गरेको भन्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘प्रक्रियामा देखिएका विकृतिहरुप्रति गहिरो चिन्ता छ ।’

उहाँले चुनावी अघि बाम गठबन्धनको कुनै संभावना नरहेको जनाउनु भएको छ। उहाँले एमाले एक्लैले संघ र प्रदेशको चुनावमा भाग लिने र पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *