अनेरास्ववियु सुदूरपश्चिमको संयोजकमा राई र सचिवमा बम चयन

कैलाली!  नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सुदूरपश्चिम संयोजकमा मनोज राई चयन भएका छन्।

सोमबार केन्द्रीय कमिटीको निर्णयले उनलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। यस्तै प्रदेशको सचिवको जिम्मेवारी रक्षा बमलाई दिइएको छ।

विगतका अध्यक्ष नेत्र मैनालीले स्थानीय निर्वाचनमा वडा अध्यक्षको टिकट नपाएपछि बागी उम्मेदवार उठेका थिए। पार्टीको निर्णय विरुद्ध बागी उम्मेदवार उठेकाले एमाले सुदुरपश्चिमले उनलाई पार्टिबाट साधारण सदस्यपनि नरहने गरि कारबाही गरेको थियो। उनी कारबाहीमा परेपछि त्यससमय सचिवको जिम्मेवारी सम्हालिरहेका राईलाई हाल प्रदेश अध्यक्षको जिम्मा दिइएको छ भने सचिवमा अखिल सचिवालय सदस्य रक्षा बमलाई जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *