एमालेको सचिवालय बैठक आज बस्दै : स्थानीय निर्वाचनको समीक्षा हुने

काठमाडौं । स्थानीय तह निर्वाचनको समिक्षा गर्न नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा बस्नेछ । खासगरी आजको बैठकका लागि चार एजेण्डा तय भएको एमालेले जनाएको छ ।

जसमा आगामी निर्वाचन तथा स्थानीय तहको निर्वाचन समिक्षा, जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थिति बारेको छलफल एजेन्डामा परेका छन् ।

एमालेको केन्द्रीय कार्यलय बैठकले स्थानीय तहको निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *